काठमाडौँ । पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोलेको छ। टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गरेका छन्।
साथै उनले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि गरेका छन्। टर्कीका राष्ट्रपति एर्दोगानले सोमबार राजधानी अंकारामा भने, ‘पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै हाम्रो देशको भ्रमण गरेका छन्। यस क्रममा हामीले पाकिस्तानसँग रक्षा र व्यापारका साथै बहुआयामिक सम्बन्धबारे छलफल गर्यौँ। यो समय सम्पूर्ण क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण छ। हामी हाम्रो क्षेत्रमा वा बाहिर कुनै नयाँ द्वन्द्व चाहँदैनौँ। हामी आशा गर्दछौँ- पाकिस्तान र भारतबीच कुनै गम्भीर घटना हुनुअघि तनाव कम हुनेछ। हामी पनि पाकिस्तानी जनतालाई हाम्रो बलियो समर्थन दोहोर्याउँछौँ।’
टर्कीको सी-१३० हर्कुलस विमानले पाकिस्तानमा सैन्य सामग्री पुर्याएको अपुष्ट रिपोर्टहरू बाहिर आएका बेला एर्दोगानको यो बयान आएको हो।