काठमाडौ । रौतहट बम विस्फोटनाका आरोपित सांसद मोहमद अफताव आलमको मुद्दाको आज सुनुवाई हुँदै छ।
आलमको मुद्दा सार्वेच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।
आलामले ७३ नम्बरको थुनुवा निवेदन दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ। जिल्ला,उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो।
आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ। आलमको निवेदन पहिलो नम्बरमा पेसी रहेको छ।