मंगलवार, आश्विन १३ गते २०८३

उत्तरपूर्वी चीनको रेस्टुरेन्टमा आगलागी : २२ जनाको मृत्यु

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा भएको आगलागीमा मंगलबार २२ जनाको मृत्यु भएको र तीन जना घाइते भएको बेइजिङको सरकारी प्रसारकले जनाएको छ ।

राष्ट्रपति सी जिनपिङले आगलागीले ‘उल्लेखनीय जनधनको क्षति’ निम्त्याएको र यसबाट सिकिएका पाठहरु ‘अत्यन्त गम्भीर’ भएको जानकारी दिएका छन् । 

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । त्यसको एक महिनाअघि पूर्वीचीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार