आइतवार, आश्विन २५ गते २०८३

आफूले नबोलेको मिडियामा आएको भन्दै महतले जनाए आपत्ति

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यममा आएको भन्दै आपत्ति जनाएका छन् । 

उनले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी प्रधानमन्त्रीको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरूका बीचमा राखेका कुरालाई जोडेर ‘शेरबहादुर देउवा किन मलाई मनपर्छ’ भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेका कुरा सञ्चारमाध्यममा एकपछि अर्को गरी सुनियोजित रूपमा सम्प्रेषण गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्री देउवाले आफ्नो जीवनका विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरूलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेकोभन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको । प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरूले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर छलफलमा मैले जिज्ञासा मात्र राखेको हो ।’

महतले अगाडि भनेका छन्, ‘नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ, त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रूपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार