आइतवार, श्रावण २४ गते २०८३

शिक्षक र सरकारबीच जुट्यो सहमती, काठमाडौँ आएका शिक्षक घर फर्कन थाले

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । शिक्षकहरूको आन्दोलन बिहीबारबाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए । यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।

सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार