काठमाडौँ । संयुक्त राज्य अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ। अमेरिकी अर्थ विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुवै देश पुनर्निर्माण लगानी कोष सिर्जना गर्न सहमत भएका छन्।
अमेरिकी ट्रम्पले यो सम्झौताले अमेरिकालाई बढी फाइदा पुर्याउने दाबी गरेका छन्। उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए। अब हामीले एउटा सम्झौता गरेका छौँ । जसले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ।’
यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए।युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न किभ र वासिङ्टनले महिनौँदेखि सम्झौताका लागि वार्ता गरिरहेका छन्।