आइतवार, श्रावण २४ गते २०८३

सरकारसँगको सहमतिबाट सन्तुष्ट भएनन् शिक्षक, फेरी आन्दोलन गर्ने चेतावनी (विज्ञप्तिसहित)

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्‌ले असहमति जनाउँदै पुनः आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ ।

हाताहाती ऐन भन्दै देशभरबाट विद्यालयका शिक्षक कर्मचारी काठमाडौं आएका थिए । तर ऐन बिना नै सहमति भएपछि शिक्षकहरूले महासंघको विरोध जनाएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले विज्ञप्ति नै निकालेर सहमतिको विरोध जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौँ, ।’

चैत २० देखि काठमाडौंमा निरन्तर आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले बुधबार (वैशाख १७ गते) भएको वार्तामा नौबुँदे सहमति भएपछि विरोधका सबै कार्यक्रम बन्द गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार