आइतवार, श्रावण २४ गते २०८३

आजदेखि कक्षा १२ को परीक्षा, पानीमा रुझ्दै परीक्षा केन्द्रमा पुगे विद्यार्थी

आइतवार , बैशाख २१, २०८२

काठमाडौँ । कक्षा १२ को परीक्षा आइतबारदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु गर्दैछ ।

परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष शर्माले जानकारी दिए।

देशका विभिन्न स्थानमा भइरहेको वर्षाको कारण परीक्षार्थी समस्यामा परेका छन्। काठमाडौँ उपत्यकामा पनि गएराति देखि नै वर्षा भइरहेको छ। काठमाडौँमा पनि पानीमा रुझ्दै र छाता ओडेर विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार