आइतवार, श्रावण २४ गते २०८३

विज्ञानको चमत्कार: मरेको मानिस पनि जिउँदो

मंगलवार , आषाढ २२, २०७८

एजेन्सी । चिकित्सकहरुले मानिसलाई मारेर फेरि जिउँदो गर्न सक्ने भएका छन् । गम्भीर रुपमा बिरामी, हर्टअट्याक वा अन्य गम्भीर चोटबाट ग्रसित भएमा चिकित्सकहरुले मारेर फेरि जिउँदो बनाउन सक्ने भएका छन् ।

अमेरिकी चिकित्सकहरुको टोलीले अहिलेसम्म १० जना व्यक्तिलाई मारेर जिउँदो गरेको दावी गरेका छन् । अमेरिकाको बाल्टिमोरमा रहेको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिन सेन्टरका चिकित्कले आश्चर्यजनक काम गरेको बताएका छन् । अमेरिकी चिकित्सकको यो दावीलाई न्यू साइन्टिस्ट म्यागेजिनमा प्रकाशित गरिएको छ ।

सेन्टरका निर्देशकसमेत रहेका चिकित्सक स्यामुअल टिशरम्यान र उनको सर्जिकल टोलीले यस्तो सफलता प्राप्त गरेको हो । डा।स्यामुअलले पहिल्यैदेखि गम्भीर खालका बिरामीमा यो परीक्षण गर्ने इच्छा बनाएका थिए ।

तर धेरै समयमा आफूले सफलता प्राप्त गरेको उनको भनाइ छ । उपचारका लागि मात्र प्रयोग गरियो विधिलाई इमरजेन्सी प्रिजारवेशन एण्ड रिससिटेशन एपिआर भनिएको छ । डा. स्यामुअल भन्छन्, ‘एकपटक स्वस्थ युवकलाई कसैले मुटुमा छुरी हानिदिएको थियो । उसलाई तत्काल उपचारका लागि लगियो । तर उपचारका क्रममा उसको मृत्यु भयो । एक्कासी मेरो मस्तिष्कमा मानिसलाई केही घन्टाका लागि मार्न पाएमा कस्तो हुने थियो रु त्यसैले मैले यो खोज गरेर परीक्षण गरेँ ।’

इपिआर विधिमा गम्भीर रुपमा घाइतेलाई १० देखि १५ डिग्रीसेल्सियसको तापक्रममा राखिन्छ । शरीरमा भएको रगतलाई सलाइनले बिस्थापित गरिन्छ । रगतलाई सुरक्षित राखिन्छ । त्यस्तो अवस्थामा मस्तिष्कले पूर्णरुपमा काम गर्न छाड्छ ।

यस्तो अवस्थामा घाइते व्यक्ति मर्छ । उपचारपछि पहिले निकालिएको रगत फेरि शरीरमा हालिन्छ । उपचारपछि ३७ डिग्रीसेल्सियसमा बिरामीलाई राख्ने र पहिलेको रगत शरीरमा प्रवाह गरिन्छ । डा. स्यामुअल टिशरम्यानले यहीँ पद्दती आफूले प्रयोग गरेको बताए । उनले अहिलेसम्म कम्तिमा १० जना व्यक्तिमा यो विधिको परीक्षण गरिएको छ ।

तापक्रम बढ्दासाथ शरीरले फेरि काम गर्न थाल्ने चिकित्सकले बताएका छन् । पहिले मुटु चल्न थाल्छ र लगत्तै मस्तिष्कले काम गर्छ । बिस्तारै अन्य अंगले पनि काम गरेको सेन्टरले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार