काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा दबाब नदिईकन रुसले युद्ध अन्त्य नगर्ने बताएका छन्।
उनले रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका हुन्। ‘५४औँ दिन भइसक्यो, रुसले पूर्ण युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावलाई बेवास्ता गरेको’, जेलेन्स्कीले एक्समा लेखेका छन्।
उनले जुनसुकै बेला युद्धविराम सम्भव रहेको तर यसका लागि तीन कुरा आवश्यक रहेको पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘तीनवटा कुरा आवश्यक छ । रूसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन र युरोपभरि बढ्दो रक्षा सहयोग। रुसले जान्न जरुरी छ । युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम छन्।’