आइतवार, श्रावण २४ गते २०८३

प्रारम्भिक बाल शिक्षाको पाठ्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ : महामन्त्री थापा

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रारम्भिक बालशिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

पार्टीको स्थानीय तह समन्वय विभागद्धारा हालै आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम अनुसार नै पढाउन स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा उनले प्रारम्भिक बालशिक्षा भविष्यको आधार भएकाले उनीहरुको शिक्षामा विशेष ध्यान दिन आग्रह गरेका हुन् ।

c6c7b44a-deab-4bea-b4a8-89cda9fea9cc.jpg

उनले भने, ‘प्रारम्भिक बालशिक्षा विद्यालयको आधार हो त्यसैले यसलाई बलियो बनाउन सकियो भनें भोलिका दिनमा विद्यार्थीको पढाइमा कुनै समस्या पर्दैन, बालबालिकालाई पोषणजस्तै बालशिक्षा पनि अनिवार्य छ त्यसैले पाठ्यक्रम विकास केन्द्रले तोकेको र स्वीकृति दिएको पाठ्यक्रम पढाउन सबैलाई अनुरोध गर्दछु ।’ उनले बालबालिकालाई सिकाउने नाममा अनावश्यक बोझ हुने प्रकारका पाठ्यक्रम पढाउन नहुने जानकारी गराएका छन् । उनले बालबालिकाले कार्टुन हेरेर, खेलेर, देखेर, प्रतक्ष्य रुपमा अबलोकन गरेर वा गीत-संगीतको माध्यमबाट सजिलै सिक्ने भएकाले त्यो शिक्षा प्रभावकारी हुने बताएका छन् ।

c165d10f-17f0-4b0d-bc8f-ddd82bfafa77.jpg

महामन्त्री थापाले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको, स्वीकृत दिएको र सिफारिस गरेको श्रव्य-दृश्यसहितको एकवर्षे प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम २०७७ वमोजिम अध्यापन गराउन विशेष आग्रह गरेका छन् । केन्द्रले यस प्रकारको सिकाइबाट मात्र विद्यार्थीले सोचेअनुसारको सिकाई उपलब्धी हासिल गर्ने भएकाले यसलाई स्विकार गरिसकेको छ । उनले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यक्रम पढाउन र सिकाउनका लागि धेरैजसो स्थानीय तहले बजेट नछुट्याएकोमा चिन्ता व्यक्त गरेका छन् । थापाले स्थानीय तहको सरकार सञ्चालनका लागि समन्वय समिति बनाउनुपर्ने, कांग्रेसले मिसन रोजगारी अभियान चलाउनुपर्नेमा जोड दिएका छन् । विभागले दुई चरणमा गरी सबै प्रदेशका आफ्ना स्थानीय तहका प्रतिनिधिसँग अन्तरक्रिया गरेको थियो ।

b5c73d89-7d12-4903-99c0-e3f572d1a2d3.jpg

उक्त कार्यक्रममा सभापति शेरबहादुर देउवा, उप-सभापति, अर्का महामन्त्री विश्वप्रकाश शर्माका साथै अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो । केही भनें भर्चुअल माध्यममा उपस्थित थिए । विभागले बिहान कोशी, मधेश र वागमति प्रदेशसँग अन्तरक्रिया गरेको थियो भनें बाँकी प्रदेशमा सोही दिन अर्को चरणमा कार्यक्रम गरिएको थियो ।

सभापति देउवाले विभागद्धारा प्रकाशित क्यालेण्डरको विमोचनसमेत गरेका थिए । विभागको प्रमुख पार्टीका केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् । उनले कार्यक्रम उपलब्धीमूलक भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार