मंगलवार, आश्विन १३ गते २०८३

युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका सबै विमानस्थल बन्द : रुस

मंगलवार , बैशाख २३, २०८२

काठमाडौँ । रुसले लगातार दोस्रो रात मस्कोलाई लक्ष्य गर्दै रातभर ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले टेलिग्राममा उल्लेख गरेअनुसार सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा भनेका छन्- कम्तीमा १९ वटा युक्रेनी ड्रोन "विभिन्न दिशाबाट" सहर पुग्नुअघि नै नष्ट गरिएको थियो।

उनका अनुसार नष्ट गरिएको ड्रोनका केही भग्नावशेष सहरतिर जाने प्रमुख राजमार्गमध्ये एकमा खसेका थिए, तर कुनै हताहत भएको छैन।

युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। तर युक्रेनी सहर खार्किभका मेयरले रुसले रातारात सहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको बताएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार