काठमाडौँ । गायक उमेश ठगुन्नाको नयाँ दोहोरी गीत “धानको बाला” सार्वजनिक भएको छ। वैशाख २० गते गायक ठगुन्नाको स्वरमा रहेको “धानको बाला” सार्वजनिक भएको हो ।
उक्त दोहोरी गीतमा उमेश ठगुन्ना र देवी घर्ति मगरको सुमधुर स्वर रहेको छ। संगीत स्वयं ठगुन्नाले गरेका छन् भने शब्द चर्चित गायक जे.बी. ओलीको रहेको छ। गीतमा प्रकाश दुरा र सुशीला बिकको अभिनय देख्न सकिन्छ। संगीत संयोजन पदम बी.सी.ले गरेका छन् भने ध्वनि मिश्रण सञ्जय श्रीपालको रहेको छ।
गीत सार्वजनिक गर्दै ठगुन्नाले सबै भगवानरूपी दर्शक-श्रोताहरुलाई गीत हेरी, सुनी, लाइक, कमेन्ट, शेयर तथा युट्युब च्यानल सब्सक्राइब गरी साथ दिन आग्रह गरेका छन्। साथै,उनले आगामी सांगीतिक यात्रा अझ सफल होस् भनेर सल्लाह–सुझाव दिन पनि अनुरोध गरेका छन्।
गीतमा उत्कृष्ट शब्द र लय रहेको भन्दै राम्रो प्रतिक्रिया दिएका छन् । गायक उमेशको स्थायी घर कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका–८ पारीफाटा हो । हाल उनी काठमाडौंमा शैक्षिक तथा सांगीतिक यात्रा अघि बढाइरहेका छन् ।
उमेश कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् । उमेशको पहिलो गीत एल्वम नानी गोर्खाली २०६१ सालमा बजारमा आएको थियो ।
त्यस्तै देउसी भैलो २०६६, बुढी पोइला गइ २०७०, तिजको गित लय शब्द छमछमी तिजमा नाच मायालु २०७१, ठमेल बजारमा (रचनाको भूमिकामा), लक्ष्य एउटै पैसा कमाउने २०७५, (लय परिकल्पना) हाइहाइ, मायालु ( २०७६) लयशब्द तथा गायन, देउसी भैलो नचरी (शब्द २०७७), जिन्दगी के छ र २०७९ एकल लोकगित बजारमा आइसकेका छन् ।
यो पनि पढ्नुहोस्, https://shaileenews.com/posts/9265
यस्तो छ गीत:–