मंगलवार, आश्विन १३ गते २०८३

भारत-पाकिस्तानबीच जारी आक्रमण चाँडै बन्द हुने ट्रम्पको आशा

बुधवार , बैशाख २४, २०८२

काठमाडौँ । भारत र पाकिस्तानबीच जारी आक्रमण चाँडै बन्द हुने आशा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।

पत्रकार सम्मेलनमा भारत-पाकिस्तानबीच सुरू भएको आक्रमणबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, 'मैले आक्रमणबारे भर्खरै सुनेँ। दुई मुलुकबीच दशकौंदेखि द्वन्द्व छ। मेरो आशा छ अहिलेको आक्रमण चाँडै सकिने छ।'

अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि भारत पाकिस्तानबीच सुरू भएको आक्रमणलाई अमेरिकाले नजिकबाट हेरिरहेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार