मंगलवार, आश्विन १३ गते २०८३

पाकिस्तानमा भारतको हवाई हमलापछि जम्मु-कश्मीरमा गोलाबारी, अवस्था तनावपूर्ण

बुधवार , बैशाख २४, २०८२

काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा हवाई आक्रमण गरेपछि जम्मु-कश्मीरको सीमावर्ती क्षेत्र पुंछ, राजौरी, मेन्धर र उरी सेक्टरमा गोलाबारी भएको रिपोर्ट आएको छ।

गोलाबारीका कारण यी क्षेत्रमा आतंकको अवस्था बनेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। पुंछका स्थानीय जमरोद मुगलले बीबीसी हिन्दीलाई फोनमा बताएअनुसार जम्मुको पुंछ सेक्टरमा विस्फोटको आवाज सुनिएको छ।

त्यहाँको अवस्था अझै पनि तनावपूर्ण छ। बुधबार बिहान उरी सेक्टरमा गोलाबारी भएको एक प्रहरी अधिकारीले फोनमा पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। 

यद्यपि, यस विषयमा उनले थप बताउन चाहेनन्। यही अप्रिल २२ का दिन जम्मु-कश्मीरको पहलगाममा आतंककारीले गोली हानेर एक नेपालीसमेत २६ जना मारेको १५ दिनपछि भारतले मंगलबार मध्यराति पाकिस्तानमा हवाई हमला गरेको हो।  

आक्रमणमा कति जना मारिए भन्ने विषयमा अहिलेसम्म कुनै पनि भारतीय सञ्चारमाध्यमले एकिन जानकारी दिन सकेका छैनन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार