मंगलवार, आश्विन १३ गते २०८३

एस जयशंकर भन्छन्– भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिनेछौं

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध कुनै पनि प्रकारको सैन्य कारबाही भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

अरागची भारत-इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा भाग लिन भारत आएका छन् । जयशंकरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै २२ अप्रिलमा पहलगाममा भएको आक्रमण बारे जानकारी दिएका छन् । उनले भने, ‘उक्त हमलाले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो ।’

भारतीय विदेशमन्त्रीका अनुसार, भारतले ७ मेमा ‘आतङ्कवादी संरचनाहरू’ लाई निशाना बनाउँदै सीमा पार हमला गरेको थियो । उनले अगाडि भने, ‘हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हाम्रो विरुद्ध सैन्य कारबाही हुन्छ भने हामी त्यसको कडा र दृढ जवाफ दिनेछौं भन्नेमा कुनै शंका छैन ।’

जयशंकरले अरागचीलाई भने, ‘छिमेकी र नजिकको साझेदारको हैसियतले पछिल्लो घटनाक्रम बारे तपाई पूर्णरूपमा जानकार रहनु महत्त्वपूर्ण छ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार