आइतवार, श्रावण २४ गते २०८३

१३ वर्षिय अविनासलाई शिक्षकले बेहोस हुन्जेल कुटे

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौँ । सिरहा गोलबजार नगरपालिका-७ चाहेर्वा स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् ।

अविनासको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । बालक अविनासको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि तङ्गरिन एक साता लाग्न सक्ने अस्पताल सुत्रले बताएको छ ।

शिक्षक सन्तोष गुप्ताले अविनासलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनासले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनासको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार