काठमाडौँ । भारतीय विदेश मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरैशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणबारे जानकारी दिएकी छन्।
यस्तो भनिन् कर्नेल कुरैशीले
पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारलाई निशाना बनाएको थियो। लेहदेखि सर क्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोनले घुसपैठ गर्ने प्रयास गरे। भारतीय सुरक्षा बलले काइनेटिक र गैरकाइनेटिक माध्यम प्रयोग गरेर ती ड्रोन खसाले। यति ठूलो मात्रामा हवाई घुसपैठको सम्भावित उद्देश्य वायु रक्षा प्रणाली परीक्षण गर्नु र गुप्तचर जानकारी संकलन गर्नु थियो। ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यी ड्रोन टर्कीमा बनेको संकेत गर्छ।