मंगलवार, आश्विन १३ गते २०८३

भारत–पाकिस्तानबीच युद्धविरामको घोषणा भए पनि गोलीबारी रोकिएन

आइतवार , बैशाख २८, २०८२

काठमाडौँ । भारत र पाकिस्तानबीच चार दिनसम्म चलको भीषण सैन्य संघर्षपछि युद्धविरामको घोषणा गरिएको छ। तर, सो सम्झौतापछि केही घण्टामै दुवै पक्षले युद्धविराम उल्लंघनको आरोप लगाएका छन्।

भारत प्रशासित कश्मीरको श्रीनगर र जम्मुमा शनिबार राति विस्फोटको आवाज सुनिएको र आकाशमा चमक देखिएको बीबीसी संवाददाताहरूले जनाएका छन्।

भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले आजै साँझ गरिएको सहमति उल्लंघन गर्दै बारम्बार आक्रमण भइरहको बताउदै भारतले पनि उपयुक्त जवाफ दिइरहेको प्रतिक्रिया दिएका छन्।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले तुरुन्त जवाफ दिँदै भनेको छ, ‘भारतले केही क्षेत्रमा उल्लंघन गरे पनि पाकिस्तान युद्धविरामको पूर्ण कार्यान्वयनमा प्रतिबद्ध छ।’ पाकिस्तानले समस्या समाधानका लागि औपचारिक तहमा संवाद हुनुपर्ने र दुबै देशका सैनिकले संयमता अपनाउनुपर्ने उल्लेख गरेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार