मंगलवार, आश्विन १३ गते २०८३

बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की

सोमवार , बैशाख २९, २०८२

काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘व्यक्तिगत रूपमा’ वार्ता गर्न तयार रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गरेपछि उनले यो बयान दिएका हुन्। ‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैँ बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु,’ जेलेन्स्कीले एक्समा लेखेका छन्।

जेलेन्स्कीले पहिले नै युक्रेन रुससँग वार्ता गर्न तयार रहेको तर यसको लागि पहिलो सर्त भनेको पहिले युद्धविराम लागू हुनुपर्ने स्पष्ट गरिसकेका छन् ।

शनिबार राति, रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई ‘गम्भीर वार्ता’ को लागि आमन्त्रित गरेका थिए। रुस युक्रेन युद्ध सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार