मंगलवार, आश्विन १३ गते २०८३

भारत-पाकिस्तानबीच आज महत्त्वपूर्ण वार्ता हुने

सोमवार , बैशाख २९, २०८२

काठमाडौँ । कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमण पछि चुलिएको भारत र पाकिस्तानबीचको युद्ध पछि भएको संघर्षविराम पश्चात् सोमबार महत्त्वपूर्ण वार्ता हुँदैछ ।

दुई साताअघि जम्मू कश्मीरको पहलगाममा भएको विद्रोही आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावबीच शनिबार पूर्णतहको युद्धविराम घोषणा गरेका थिए ।

आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका अनुसार सोमबार वार्ता हुन लागेको हो ।

भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार सोममबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार