आइतवार, आश्विन २५ गते २०८३

माओवादीको केन्द्रीय कमिटी बैठक आजबाट, के विषयमा हुदैछ छलफल?

शनिवार , श्रावण ३०, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै छ। बैठक बिहान ११ बजे बस्ने छ। बैठकमा पार्टीको विधान संशोधन लगायका विषय पेश हुने माओवादी केन्द्रले जनाएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आज शनिबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने जानकारी दिए।

माओवादीको हिजो स्थायी कमिटी बैठक बसेको थियो। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हिजोको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए। अध्यक्ष प्रचण्डले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश दिएका हुन्।

बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो। यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार