काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरवारको शुक्रबार अवलोकन गरेकी छन्।
राष्ट्रपति भएपछि पहिलो पटक उनी नारायणहिटी दरवारको अवलोकनका लागि पुगेकी हुन्। राष्ट्रपतिले नारायणहिटी दरवारको औपचारिक नभई अनौपचारिक भ्रमण गरेकी हुन्। उनले करिव सवा २ घण्टा अवलोकन गरेर बेलुका ५ बजे मात्रै शितल निवास फर्किएको संग्रहालयका अधिकारीहरुले जनाएका छन्।
राष्ट्रपति भण्डारीले एउटा अवलोकनकर्ताको रुपमा संग्रहालयको सबै कोठा हेरेकी हुन्। त्यसक्रममा संग्रहालयका अधिकारीले विद्यमान समस्याको बारेमा ब्रिफिङ गरे पनि राष्ट्रपति भण्डारील सुनिन्।
तर कुनै प्रतिक्रिया नदिई फर्किएको बताइएको छ। निषेधाज्ञाका कारण करिब साढे तीन महीनादेखि बन्द दरबार अहिले भने सुनसान छ। संग्रहालयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारी गरिरहेका छन्।