काठमाडौं। पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ। गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको् ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा भन्दुकले मकै बारीमा आएको स्याललाई हानेका थिए। तर त्यसको छर्रा छोरालाई लागेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।