सोमवार, श्रावण २५ गते २०८३

शनिबार थपिए २६२४ जना संक्रमित, २० जनाको मृत्यु

शनिवार , श्रावण ३०, २०७८

काठमाडौं । शनिबार २ हजार ६ सय २४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६ सय २४ जना संक्रमित भेटिएका हुन् ।

यस्तै आज २० जना संक्रमितको मृत्यु भएको छ । १ हजार ३ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४ सय ५ जना संक्रिय संक्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये ३६ हजार भन्दा बढी घरमा तथा ३ हजार चार सय भन्दा बढी संस्थागत आइसोलेशनमा छन् । अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका
आइसीयूमा र १८६ जना भेन्टिलेटरमा छन् । हाल कुल परीक्षणको १९.३३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको विवरणमा उल्लेख गरिएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार