काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा ठोक्किएका छन् ।
बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ । दुर्घटना करिब १२ बजेतिर भएको थियो । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको छ ।
दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका-१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका-२ का २२ वर्षीय विकाश कट्टेल, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन् ।