काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक १७ असोजमा बस्ने भएको छ ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौंको वनस्थली चमतीस्थित घण्टीघरमा बस्ने छ ।१७ असोज दिउँसो ३ बजे बस्ने बैठकमा उपस्थितिका लागि सबै केन्द्रीय समिति सदस्यहरूलाई अनुरोध गरिएको छ ।
बैठकको एजेन्ड भने खुलाइएको छैन ।