आइतवार, श्रावण २४ गते २०८३

एप्क्यानद्धारा जाल्सानको नवनिर्वाचित कार्यसमितिलाई सम्मान र बधाई

बुधवार , जेठ ८, २०८२

काठमाडौँ। जापान जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिने शैक्षिक परामर्श व्यवसायीहरुको साझा संस्था जापानीज भाषा स्कुल संघ (जाल्सान) को नवनिर्वाचित कार्यसमितिलाई शैक्षिक परामर्श दातृहरुको अर्को संस्था शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान) ले बुधबार सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा एप्क्यानले जाल्सानको नयाँ कार्यसमितिलाई बधाई दिँदै सम्मान गरेको छ ।एप्क्यानले नयाँ कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको हो । एप्क्यानका महासचिव अनिल शर्माले नयाँ समितिलाई बधाई र शुभकामना दिन कार्यक्रम आयोजना गरिएको बताए ।

उनले शैक्षिक व्यवसायीका मुद्दाहरुमा आफूूहरु सँगै मिलेर जाने पनि बताएका छन् । झण्डै २ वर्षअघि प्रज्वल बस्नेतको अध्यक्षतामा एप्क्यान गठन भएको थियो । एप्क्यानले गरेको यो कामलाई धेरैले सकरात्मक मानेका छन् ।

गत चैत्र ८ गते काठमाडौंमा भएको जाल्सानको १२ औं वार्षिक साधारणसभाले रमेश देवकोटाको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको थियो । देवकोटा यसअघि पनि अध्यक्ष थिए । कार्यसमितिको निवर्तमान अध्यक्षमा झम्कलाल श्रेष्ठ ‘विशाल’, प्रथम उपाध्यक्षमा महेशकुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सुरेन्द्र शाही, महासचिवमा अरुण पाण्डे, सचिवमा कोषराज गिरी र कोषाध्यक्षमा ध्यानबहादुर सुव्वा ‘ललित’ चयन भएका थिए । त्यस्तै कार्यसमितिको सदस्यहरुमा अमृत गिरी, विमलराज गिरी, महेन्द्र थापा, रोशन बानियाँ र सुनिल महर्जन चयन भएका थिए ।

b2dba4dd-0c86-432c-b1c9-5570fdb9d2a2.jpeg66482f17-9373-48b2-a9fe-fe115e3e1d74.jpeg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार