सोमवार, श्रावण २५ गते २०८३

टिचिङ अस्पतालमा भएका मुसा, उडुस, उपियाँ, साङ्ला मार्न टेन्डर आव्हान

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं । मुसा, उडुस, उपियाँ, साङ्ला मार्न त्रिवि शिक्षण अस्पतालले टेन्डर आव्हान गरेको छ। जब कि यो अस्पताल स्वास्थ्य सेवामा उतकृष्टताको नमुना (सेन्टर अफ एक्सिलेन्स) को बाटोमा अग्रसर छ।

तर, विभिन्न विभाग/शाखा /वार्ड/ओपीडि र युनिटलायगत स्थानमा मुसालगायत नियन्त्रण गर्नुपर्ने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ। अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक एंव वरिष्ठ छातिरोग विशेषज्ञ डा. सन्तकुमार दासले मेसिनका औजार, तारहरु काटेर मुसाले दुख दिने गरेको बताए।

बिरामीको उपचार गरिने वार्डमै गएर मुसा छिर्यो भने त गाह्रो हुन्छ। मनिटरलगायत मेसिनका तारहरु काट्ने गर्छ डा.दासले भने। यसरी कीरा मार्ने काम हरेक वर्ष हुने गरेको डा. दासले बताए।

सम्बन्धित विषयमा इजाजत प्राप्त इच्छुक दर्तावाला फर्मबाट मासिक रुपमा के कति दरदरेटमा उक्त कार्य गर्न सक्ने हो। सोको गोप्य सिलबन्दी प्रस्ताव १५ (पन्ध्र) दिनभित्र बुझाउन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ, सूचनामा लेखिएको छ। यो सूचना गोरखापत्र दैनिकमा प्रकाशन गरिएको छ।

मुसाले भेन्टिलेटर, वायरिङ, सर्भरको तार काटेर दुख दिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.दिनेश काफ्लेले बताए। ‘कीरा मार्न, केही व्यक्तिलाई बोलाए जसरी काम गर्न मन लागेन’, निर्देशक काफ्लेले भने, ‘प्रतिस्पर्धा र पारदर्शिता होस् भनेर पहिलो पटक सार्वजनिक सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेका हौं।’

मुसा र साङ्ला मार्न बोलपत्र आह्वान | Ratopati

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार