आइतवार, आश्विन २५ गते २०८३

माधव नेपालको चाहाना एकता कि विभाजन?

आइतवार , श्रावण ३१, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि आफूले अझै पर्खिरहेको जानकारी दिएका छन् । बागमती प्रदेशका नेता कार्यकर्तालाई शनिवार सम्बोधन गर्दै नेता नेपालले एकतामै जोड दिए ।

नेता नेपालले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे । उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने समेत बताएका छन् ।

नेता नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको बताए । ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन तर एकताका लागि सबै ढोका बन्द भए भने, सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टी पुनर्गठन गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन तर त्यो अन्तिम उपाय मात्रै हुनेछ ।

अझै पनि कोसिस गरौं, अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी एकताका लागि अन्तिम पर्खाइमा रहेका छौं,’ उनले भने ।

नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराए स्मरण गराएका छन् । नेपालले संविधानको रक्षा गर्न, प्रतिगमन हुन नदिन र लोकतन्त्रको रक्षा गर्न आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुपरेको बताए । उनले केही सांसद मन्त्री हुन दाम्लो चुँडाएर जान खोजे पनि आफूले रोक्दै आएको बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार