आइतवार, आश्विन २५ गते २०८३

प्रचण्ड र माधवलाई गोकुलको प्रश्न: भैसी पूजा र होली वाइन समारोह किन गरिए?

आइतवार , श्रावण ३१, २०७८

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डप्रति लक्षति गर्दै कटाक्ष गरेका छन्।

समाजिक सञ्जाल ट्वीटरमा नेता बाँस्कोटाले  व्यक्ति र धर्म संस्कृति जोडिएकै थिएन भने भैसी पूजा र होली वाइन समारोह किन आयोजना गरिएरु भन्दै प्रश्न  समेत गरेका हुन्।

प्रचण्ड प्रधानमन्त्री हुँदा भैसी पूजा गरेको भन्दै कम्युनिष्ट नेताहरूबाट समेत खुलेर प्रचण्डको आलोचना भएको थियो। वरिष्ठ  नेता माधवकुमार नेपालले विवादास्पद धर्म(प्रचारक संस्थाको कार्यक्रमा सहभागी भएर होली वाइन पिएको भन्दै चर्को आलोचना भएपछि नेपालले स्पष्टिकरण नै दिएका थिए। 

बास्कोटाले जलारी र राम मन्दिरको विरोध चै किन गरेको भन्दै प्रश्न पनि गरेका छन्। उनले छुवाछुत व्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या भन्दै हिन्दु संस्कृतिको अंग नभएको स्पस्ट पारेका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार