काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएका छन् । उनले असोजसम्म थप एक करोड डोज आउने भएकाले चैतसम्म सबै नागरिकलाई खोप लगाईसक्ने दावी गरे ।
कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको कान्तिपुर इकोनोमिक समिटमा बोल्दै प्रधानमन्त्री देउवाले आगामी असोज सम्म थप एक करोड डोज खोप आइपुग्ने बताएका हुन् । देउवाले कोरोनाले आक्रान्त भएका जनतालाई राहतको कार्यक्रम पनि सञ्चालन गर्ने जनाएका छन् ।