आइतवार, श्रावण २४ गते २०८३

सक्सेस एब्रोड स्टडीले भोलि विशेष कार्यक्रमका साथ ’जापान एप्लिकेशन डे’ मनाउने, आकर्षक अफर पनि दिने

आइतवार , जेठ १२, २०८२

काठमाडौं । वैदेशिक अध्ययनका लागि अग्रणी परामर्श संस्थाको रुपमा आफ्नो पहिचान बनाएको काठमाडौंको बागबजारमा रहेको सक्सेस एब्रोड स्टडीले भोलि सोमबार जेठ १२ (मे २६, २०२५) मा आफ्नै केन्द्रीय कार्यालयमा ‘जापान एप्लिकेशन डे’ आयोजना गर्ने भएको छ ।

जापानमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित यो विशेष कार्यक्रममार्फत विद्यार्थीहरूले प्रत्यक्ष रुपमा आवेदन प्रक्रियाका बारेमा जानकारी पाउने, विशेष परामर्श सेवा लिन सक्ने आयोजकले जनाएको छ । यो दिन विशेष प्रकारका, र आकर्षक अफरहरू पनि राखिएको सक्सेस एब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाइले बताएका छन् ।

संस्थाले यस अवसरमा जापानी भाषा कक्षाका लागि शत प्रतिशत (पूरै) छात्रवृत्तिको घोषणा गरेको छ । यस कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूलाई अनुभवी प्रशिक्षकहरूबाट भाषा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ । यो विशेष दिनमा जापानीमूलका शिक्षकहरूका साथै जापानमा अध्ययन गरेका तथा अनुभव हासिल गरेका नेपाली परामर्शदाताहरू प्रतक्ष्य रुपमा उपस्थित हुने छन् । उनीहरूको अनुभवले विद्यार्थीहरूलाई जापानको शैक्षिक जीवन र सांस्कृतिक परिवेश बुझ्न थप सहयोग पुर्याउने संस्थाले अपेक्षा गरेको छ ।

कार्यक्रमलाई अझ रोमाञ्चक बनाउँदै पहिला नाम दर्ता गर्ने २० जना विद्यार्थीहरूलाई विशेष उपाहार प्रदान गरिने आयोजकले स्पष्ट पारेको छ । साथै अप्रिल इन्टेकका लागि आवेदन गर्ने विद्यार्थीहरूलाई विशेष प्याकेज पनि दिइने घोषणा गरिएको छ । संस्थाका अनुसार कार्यक्रममा भिसा प्रक्रिया, भाषा परीक्षा तयारी तथा जापानमा उपलब्ध विभिन्न शैक्षिक कार्यक्रमहरूको जानकारी प्रदान गरिने छ । ‘जापान एप्लिकेशन डे’ कार्यक्रम सक्सेस एब्रोड स्टडी बागबजार काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने जनाइएको छ ।

वैदेशिक अध्ययन परामर्श क्षेत्रमा १२ वर्षभन्दा बढीको अनुभव बोकेको सक्सेस एब्रोड स्टडीले नयाँ वेबसाइट सार्वजनिक गरेको छ । नयाँ वेबसाइटमार्फत अब विद्यार्थीहरूले विभिन्न देशमा अध्ययनका अवसर, आवश्यक प्रक्रिया, छात्रवृत्ति, भिसासम्बन्धी तथा भाषा परीक्षासम्बन्धी सम्पूर्ण जानकारी एकै प्लेटफर्ममा सहज रूपमा प्राप्त गर्न सक्ने छन् ।

नयाँ वेबसाइटमा विशेषगरी जापान, अस्ट्रेलिया, क्यानडा, कोरिया, अमेरिकालगायतका देशमा उच्च शिक्षा अध्ययनका पाठ्यक्रम, त्यसका लागि चाहिने शैक्षिक योग्यता, आवश्यक कागजातलगायतका विषय वेबसाइटमा सजिलैसँग हेर्न मिल्ने गरी बनाइएका सक्सेस एब्रोड प्रबन्ध निर्देशक हुमागाइले जनाएका छन् । इच्छुक विद्यार्थीहरूले सिधै अनलाइनमार्फत परामर्श, भाषा कक्षासहित, अन्य सेवाहरूको सुबिधा लिन सक्ने छन् ।

प्रबन्ध निर्देशक हुमागाइले भने, ‘अब विद्यार्थीहरू घरमै बसेर सम्पूर्ण जानकारी लिन, फर्म भर्न वा अपोइन्टमेन्ट बुक गर्न सक्ने छन्, नयाँ वेबसाइट मोबाइलमै पनि सजिलै प्रयोग गर्न मिल्ने बनाइएको छ, जहाँ विद्यार्थीको अनुभव, नयाँ अपडेट, समाचार, तयारी कक्षाबारे जानकारी, र सोधपुछको सुविधा पनि उपलब्ध छ् ।’

हुमागाई शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का प्रथम सचिव पनि हुन् । उनले वैदेशिक अध्ययन गर्न चाहने विद्यार्थीका लागि सहज सेवा दिनु नै आफ्नो र संस्थाको उद्येश्य रहेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार