सोमवार, श्रावण २५ गते २०८३

पढ्नै पर्ने कुरा: मेथी सेक्स लाइफमा कति उपयोगी ? 

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं । खराब जीवनशैलीका कारण हाम्रो शरिरमा अनेक समस्याहरु निम्तिरहेको हुन्छ। त्यतिमात्रै होइन खराब जीवनशैली, तनाव, एन्जाइटी जस्ता समस्याहरुका कारण मानिसको यौन जीवनमा पनि समस्या आउँछ।

समस्या हुनलाई अनेक कारणहरु छन्। घरेलु रुपमा यौन समस्या समाधानका लागी हाम्रो भान्सामा पाइने मेथी निकिै उपयोगी हुने देखिएको छ। विशेषगरी मेथी महिलाहरुमा उपयोगी मानिएको छ।

एक अध्ययनका अनुसार महिलाहरुमा सेक्स ड्राइभलाई बुस्ट गर्न मेथी निकै महत्त्वपूर्ण हुन्छ। अनुसन्धानकर्ताका अनुसार मेथीलाई एन्टी इन्फ्लेमेटरी र लिभिडो बुस्टिङ गर्नको लागि औषधिको रुपमा प्रयोग गरिन्छ।

यसलाई एशियाली देशहरुमा खानामा प्रयोग गर्ने गरिन्छ। अनुसन्धानकर्ताका अनुसार अर्गानिक मेथीले सामान्य हर्मोनलाई सन्तुलनमा राख्ने काम गर्छ। यसको सेवनले यौनसँग जोडिएका समस्याहरुलाई कम गराउने उनिहरुको दावी छ।                     
कसरी सम्भव छ ?
मेथीले सेक्स हर्मोन बनाउन मद्दत गर्छ। जसमा एस्ट्रोजन र टेस्टोस्टेरोन पनि एक हो। ३० व्यक्तिहरुमा ६ हप्तासम्म गरिएको अध्ययनका अनुसार ६०० मिलिग्राम मेथीको सेवनले यौन इच्छा र यौन कार्यमा सुधार ल्याउँछ।

अर्गानिक मेथीबाट बनेको पेयपदार्थले हर्मोनलाई सन्तुलनमा राख्छ। यसले शरीरमा टेस्टोस्टेरोन र एस्ट्राडियोल नामक हर्मोनलाई पनि बुस्ट गर्छ। विशेषज्ञले टेस्टोस्टेरोनल हर्मोन यौन इच्छा बढाउन र यसलाई कायम राख्न मद्दतगार मानिन्छ। यति मात्र होइन यौन सम्पर्कको समयमा ल्यूब्रिकेशन, सेन्सेशन र ब्लड फ्लोलाई पनि सन्तुलनमा राख्छ।

अध्ययनका अनुसार खाना तथा तरकारीमा प्रयोग हुने मेथीले महिलामा मेनोपोजसँग जोडिएका समस्याहरुलाई पनि कम गर्छ। अध्ययनले ५०० मिलीग्राम मेथी सेवन गर्ने महिलाको सेक्स लाइफसँग जोडिएका समस्या ४२ प्रतिशत कम हुन्छ।

यसका साथै, जुन महिलामा यौनसम्पर्कको समयमा पीडा महसुस हुने, सुख्खापन हुने जस्ता समस्या छ ति महिलाले हर्बल सप्लिमेन्टको रुपमा मेथीको नियमित सेवन गर्नुपर्ने हुन्छ। यस्तै, महिनावारी हुने महिलाहरुले दिनमा दुई पटक अर्गानिक मेथी खानुपर्ने सुझाव उनिहरुको छ।  

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार