आइतवार, आश्विन २५ गते २०८३

भारत, पाकिस्तान स्वतन्त्रता दिवश: बाबुरामले भारतलाई शुभकामना दिए, पाकिस्तानलाई दिएनन्

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं। जनता समाजवादी पार्टी जसपाका संघिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भारतको स्वतन्त्रता दिवशका अवसरमा शुभकामना दिएका छन्। समाजिक सञ्जाल ट्वीटरमा पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भारतका मैत्रीपूर्ण जनता र सरकारलाई स्वतन्त्रता दिवस २०२१ को शुभकामना दिएका हुन्।

हिजो पाकिस्तानलाई स्वतन्त्रता दिवशको शुभकाना नदिएका भट्टराईले आज एका बिहानै भारतलाई शुभकामना दिएका हुन्। पाकिस्तानले हिजो आफ्नो स्वतन्त्रता दिवश मनाएको थियो। तर भट्टराईले शुभकामना दिएका थिएनन्।

पाकिस्तानमा पनि नेपालको मित्र राष्ट्र हो। भट्टराईले मित्र राष्ट्रको स्वतन्त्रता दिवशका दिन दिने शुभकामनालाई विभेद गरेपछि उनको आलोचनामा भएको छ। उनले भारतलाई ट्वीटर मार्फत दिएको शुभकामनामा कमेन्ट गर्ने अधिकांशले भारतको खुट्टा ढोगेको भनेर टिप्पणी गरेका छन्। यस्तै हिन्दु, ब्रहामण, क्षेत्रीले मनाउने चाडपर्वका दिवसलाई गालि गर्ने, भारतको स्वतन्त्रता दिवसमा शुभकामना ? भन्दै पनि कटाक्ष गरेका छन्।

उनलाई ट्वीटर प्रयोग कर्ताले, हिन्दु धर्मबारे चेत खुलोस भनेर पनि कमेन्ट गरेका छन्। भारतले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवश मनाई रहेको छ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार