सोमवार, श्रावण २५ गते २०८३

शिलाजित के हो ? यसले यौन क्षमता बढाँउछ ? 

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं  । जिलाजितलाई शक्तिशाली खनिज पदार्थको रुपमा लिने गरिएको छ । शिलाजित पत्थरबाट उत्पन्न भएको खनिज पदार्थ हो । घाम लागेर भएको प्रचण्ड गर्मीका कारण पहाडको धातुको भाग पग्लिएर पहाडबाट बाहिर निस्किएको पदार्थ नै शिलाजित हो । त्यो तरल शिलाजित सुकेपछि चम्किलो ढुंगा जस्तै देखिन्छ । संस्कृतमा शिलाजित शब्दको अर्थ पर्वतको मणि भन्ने हुन्छ । 

शिलाजित यौन क्षमता बढाउँछ ? 
खासगरी मानिसहरुले शिलाजितले यौन क्षमता बढाउँछ भन्ने सुनेका छन् तर  के साँच्चिकै यसले यौनक्षमता बढाँउछ त भन्ने आशंका हुन्छ । जानकारहरुका अनुसार शिलाजितले मान्छेको प्रजनन क्षमता बढाउन निकै उपयोगी मानिन्छ । अध्ययनबाट यो पनि पुष्टि भएको छ कि शिलाजितको उपभोगले शरीरमा हुने विभिन्न कोषिकाले राम्रो काम गर्न मद्दत गर्छ । यसले शरीरमा ऊर्जा बढाउँछ र थकान कम गर्छ ।

धेरै मानिसहरु शिलाजित र अश्वगन्धालाई यौन स्वास्थ्यमा सुधार गर्न सहयोगीको रुपमा मान्छन् । जबकि यो यौन स्वास्थ्यको लागि मात्रै नभएर समग्र स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । कतिपयले शिलाजितलाई यौन स्वास्थ्यसँग जोडेर हेर्ने गर्छन् । शिलाजित शताब्दीयौंदेखि मानव स्वास्थ्य सुधारका लागि प्रयोग गरेको पाइन्छ ।

यसका अन्य फाइदा पनि छन् । जस्तो की यसलाई दिमागी कार्यको बढावा दिन सहयोगी मानिएको छ । शिलाजितमा पाइने कैयौं पदार्थले दिमागको प्रणाली सुधारको लागि सहयोग गर्ने गर्छ । कतिपयले यसलाई अल्जाइमर थेरापीमा पनि सहायक रहेको मान्छन् ।

इन्टरनेशनल जर्नल अफ अल्जाइमर डिजिजको एक अध्ययनमा भनिएको छ कि शिलाजितको उपयोग उमेर बढ्ने प्रक्रियालाई कम गर्नको लागि प्रयोग गरिन्छ ।

फुल्विक एसिड शिलाजितको प्रमुख यौगिक हो, जसले रगत शुद्ध गर्न सहयोग गर्छ । त्यस्तै शिलाजितको उपभोगले क्यान्सर कोषसँग लड्न पनि मद्दत गर्छ । एक अनुसन्धानले पत्ता लगाए अनुसार शिलाजितले कलेजोको क्यान्सरमा कमी ल्याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

शिलाजितले क्यान्सर कोषिकाहरुको वृद्धि रोक्छ र उनीहरुलाई नष्ट पनि गर्छ । अनुसन्धानकर्ताहरुले शिलाजितमा क्यान्सर प्रतिरोधी पदार्थ भेटिन्छ भन्ने मान्यता राखेको पाइन्छ ।

त्यस्तै शिलाजित डाइट्री सप्लिमेन्ट हो । यसको सेवन गर्दा मुटु तन्दुरुस्त हुन्छ । शोधकर्ताहरुले प्रयोगशालामा मुसाको मुटुको अवस्थाको परीक्षण गरेका थिए । त्यहाँ आइसोप्रोटेरिनलको साथमा इन्जेक्सन समेत लगाइएको थियो । यसमा शिलाजितको प्रोएक्टिभ इफेक्ट पनि देखिएको थियो ।

अतिरिक्त तौलका कारण मानिसको शरीरमा रहेका मांसपेशीहरु थकित हुन्छन् । जसले हड्डीहरुमा समेत समस्या सिर्जना गर्न सक्छन् । जर्नल अफ मेडिसिनल फूडले गरेको एक अध्ययन अनुसार मोटोपना भएका मान्छेलाई एउटा शुद्ध शिलाजितको साथमा खानेकुरा दिइयो । जसले उनीहरुलाई अभ्यासको क्रममा धेरै तागत आयो । यसरी शिलाजितको प्रयोगले शरीरको तौल कम गराउन मद्दत गर्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार