आइतवार, श्रावण २४ गते २०८३

राजावादीको वारपारको लडाइ: पहिलो दिन एमालेसँग घम्साघम्सी, घुसपैठ गर्ने एमालेका दुई कार्यकर्ताको रामधुलाई

बिहिवार , जेठ १६, २०८२

काठमाडौँ । जेठ १५ गते अर्थात आजदेखि राजावादीहरुको वारपारको लडाइ सुरु भएको छ । काठमाडौँमा सात स्थानबाट राजावादीहरुले जुलुस निकालेर आफ्नो शक्ति देखाएका छन् ।

पहिलो दिन राजावादी र सत्ता रुढ दल एमालेको घम्साघम्सी परेको छ । झाँकीसहित रत्नपार्क पुगेका नेकपा एमालेका नेता र कार्यकर्ताले गणतन्त्र जिन्दावादको नारा लगाइरहेका थिए। त्यहि बेला त्यहाँ राजावादीको जुलुस पुगेपछि दुबै समुहबीच घम्साघम्सी परेको हो ।

तर,बाक्लो रुपमा सुरक्षाकर्मी खटिएकाले झडप हुन भने पाएन। दुवै समूह एकअर्काप्रति आक्रामक देखिए । प्रहरीले दुई समूहलाई भेट हुन दिएन । यसैबीच राजावादी समूहहरूले रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट गरेका छन्। कुटपिटमा परेका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ। ती दुई जना नेकपा एमालेका कार्यकर्ता भएको राजावादीको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते एमालेको कब्जामा काठमाडौँ हुनुपर्ने भन्दै उग्र अभिव्यक्ति दिएका थिए । ओलीको अभिव्यक्तिबाट हौसिएका एमालेका दुई कार्यकर्ताले राजावादीहरुको आन्दोलनमा घुसपैठ गर्दा राम धुलाई खाएका हुन् । आजदेखि सुरु भएको राजावादीको वारपारको लडाई निरन्तर चल्ने नेताहरुको दाबी छ ।

बाक्लो संख्यामा राजावादीको आन्दोलनमा आन्दोलनकारी देखिएपछि राजनीतिक दल भने त्रसित बनेका छन् । राजावादीहरुले जसरी भएपनि राजतन्त्र ल्याएर छाड्ने घोषणा गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पनि पछिल्लो समय निकै सक्रिय भएका छन् । छिन्नभिन्न भएका राजावादी नेताहरुलाई शाहले एक ठाँउमा ल्याएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार