सोमवार, श्रावण २५ गते २०८३

आइतबार २२१२ जनामा संक्रमण पुष्टी, ३३ जनाको मृत्यु

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी जम्मा २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । सोही अवधीमा १ हजार ८६७ जना संक्रमति संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार