काठमाडौं । अभिनेत्री रेखा थापाले थियटर डेब्यु गर्न लागेको नाटक ‘मिरा’ आज (सोमबार)बाट सुरु हुने भएको छ । गैरिधारस्थित कान्तिपुर थियटरले मञ्चन गर्न लागेको नाटकका परिकल्पना निर्देशक सुन्दर धिताल रहेका छन् ।
नाटक गत १५ गते बिहीबारदेखि मञ्चनको तयारीमा थियो । सोही दिन राजधानीमा सत्तारुढ एमाले र राजावादीले आयोजना गरेको प्रदर्शनका कारण नाटकको मञ्चन सरेको थियो । नाटक असार ७ गतेसम्म बुधबार बाहेक साँझ ५ः ३० मा नाटक नियमित मञ्चन हुने भएको छ । नाटकमा रेखाको अलवा विशाल पहाडी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीता विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय देख्न सकिन्छ ।
कान्तिपुर थियटरको पहिलो प्रस्तुतिको रूपमा मञ्चन हुन लागेको नाटक दीपक सिञ्जालीद्धारा लिखित उपन्यास ‘मिरा’ मा आधारित रहेको छ ।