काठमाडौं । विश्व दूध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले बालबालिकालाई दूध सेवन गराएको छ। उद्योगले तारकेश्वर नगरपालिका-३ स्थित डाँगाउँमा सञ्चालनमा रहेको मातृ नेपाल बालगृहमा आश्रित करिब ५० जना बालबालिकालाई दूध वितरण गरेको हो।
उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारी, नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मनोज घिमिरे, अप्टिमिस्टिक क्लब अफ डेरी इन्टरप्रेनर्सका सचिव सरोज ओझा, न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, व्यवसायी तथा समाजसेवी हरिशरण फुँयाललगायतको सहभागिता रहेको थियो।
खुसी डेरी उद्योग प्रालिले विश्व दूध दिवसको अवसरमा बालगृह र विद्यालयका बालबालिकाहरुलाई दूध वितरण गर्दै आएको छ । खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारीले दूधले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्ने जानकारी दिएका छन् ।
आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालले सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालेको हो । नेपालले दूध दिवस मनाउन थालेको करिब १५ वर्ष भइसकेको छ । १५ वर्षको अवधिमा दुग्ध व्यवसायीहरुका तमाम समस्या छन् । विषेश गरि निजी क्षेत्रका व्यवसायीहरुका समस्याबारे सरकारले चासो देखाएको छैन ।
अघिल्लो वर्षको कुरा गर्दा पनि किसानहरुले बजार अर्थात दूधको भाउ नपाएपछि सडकमै दूध पोख्न बाध्य भएका थिए । अहिलेको अवस्थामा पनि निजी दुग्ध व्यवसायीका थुर्पै समयस्या छन् । पछिल्लो समय दुग्ध व्यवसायीहरुले के कस्तो बजार पाएका छन् ? सरकारले कतिको सहज गरिदिएको छ ? यीनै विषयमा केन्द्रित रहेर शैली न्यूजले खुसी डेरी उद्योग प्रालिका सञ्चालक ध्रुव तिवारीसँग गरेको कुराकानी :
विश्व दूध दिवसको अवसरमा तपाईले बालगृहका बालबालिकालाई दूध वितरण गर्नु भएको रहेछ ? यसको उद्देश्य के हो ? तपाईले के सन्देश दिन खोज्नु भएको हो ?
यस्तो हो ! यसमा सन्देश भन्दा पनि विश्व दूध दिवस विश्व भरि २५ औँ पटक र नेपालमा १५ औँ पटक मनाइएको छ । दूध जन्य पदार्थ पौष्टिक आहार मध्येको एक नम्बरमा पर्छ । त्यसकारण दूध व्यवसायको पछि विश्व दौडिरहेको छ भने नेपाल नदौडिने कुरै भएन । अब यसले सन्देश दिन्छ भन्दा पनि यो अपरिहार्य चिज हो । त्यसैले सबै ठाँउमा सबलीकरण तरिकाले यसलाई पुर्याउनु पर्छ भन्ने उदेश्यले हामीले इस्कुलमा, बालगृहमा दूध वितरण गरेका हौँ ।
दूध पोषिलो आहार हो, यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ । हामीले सन् २०११ देखि दूध दिवसको अवसरमा बालबालिकालाई दूध वितरण गर्दै आएका छौँ ।
दुग्ध व्यवसायीका थुर्पै समस्याहरु छन् ? केही समय अगाडि व्यसायीहरुले सडकमा दूध पोखेका समेत थिए ? अहिले बजारमा दुग्ध व्यवसायीहरुको अवस्था कस्तो छ?
अहिलेको अवस्था भनेको त्यस्तो राम्रो त छैन । रोजगारी नपाएर मान्छे बाहिरीने, आर्थिक मन्दी लगायतका विभिन्न कारणले त्यस्तो चित्त बुझ्दो त छैन । तर, त्यति नाजुक पनि छैन । खासमा भन्नुपर्दा ठिक ठिकै छ ।
ठाक्कै भन्नु पर्दा अहिलेको अवस्थामा खुसी डेरी उद्योग प्रालिले के कतिको बजार पाएको छ ? कस्ता समस्यासँग जुध्नु परेको छ ?
समस्या त आइरहने कुरा हो, आइरहन्छ पनि । त्यसलै हामी सवै मिलेर समस्याको समाधान पनि गरिरहेका छौँ । अब बजारको कुरा गर्नुपर्दा बजारमा त अहिले समस्या नै छ । बजारमा ‘क्वालिटीको कम्पिटिसन’ छैन । खालि आफ्ना सामाग्रीलाई कसरी बिक्रि गर्ने भन्ने मात्रै ‘कम्पिटिसन’ छ । गणुस्तरमा ‘कम्पिटिसन’ भए त सहज हुन्थ्यो । खुसी डेरि उद्योग प्रालिले चाहि गुणस्तरमा ध्यान दिन्छ । हामीले पनिर लगायतका सामाग्री बनाउछौँ । अहिलेको अवस्थमा हामीले तीनदेखि चार हजारसम्म ह्यान्डील गरिरहेका छौँ । र, गुणस्तरमा हामीले कन्ज्युसाई गरेका छैनौँ । त्यसैले खुसी डेरी प्रालिले बजार पाएकै छ ।
दुग्ध व्यसायीहरुलाई सरकारले के कतिको सहज गरिदिएको छ ? या सरकारले वेवास्था गर्छ ?
अब सरकारले राज्यका निकायहरुलाई मात्र सहज गरेको छ । राज्यका निकायहरुलाई मात्र हेरेको छ । निजी व्यवसायीहरुलाई भने खासै हेरेको छैन । सरकारले निजी क्षेत्रलाई पनि हेर्ने हो भने विकासले फड्को मार्ने कुरामा कुनै दुई मत छैन । त्यस कारण सरकारलाई निजी क्षेत्रहरु तर्फ पनि नजर लगाउन आग्रह गर्छु । हामीहरुका जुन मागहरु छन् ती माग सरकारले सम्बोधन गर्ने हो भने धेरै सहज हुने थियो । यसले राज्यलाई पनि फाइदा हुनेछ ।