आइतवार, श्रावण २४ गते २०८३

अफगानिस्तानमा शान्तिपुर्ण सत्ता हस्तान्तरणको तयारी

आइतवार , श्रावण ३१, २०७८

काठमाडौं । तालिबान लडाकु राजधानिमै पुगेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानी तालिबानलाई सत्ता सुम्पिन तयार भएका छन् । आइतबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै सरकारको तर्फबाट  कार्यवाहक गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले सत्ता हस्तान्तरण शान्तिपूर्ण रुपमा हुने जनाएका हुन् ।

उनले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् । तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् । उनले भिडियोमा भनेका छन् ‘अफगान जनताले चिन्ता गर्नुपर्दैन, सहरमा कुनै हमला हुँदैन । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ,’ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार