आइतवार, श्रावण २४ गते २०८३

२० वटा पर्यटक गाडी पोखराबाट स्कर्टिङ गरेर काठमाडौं र चितवन पठाइयो

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । पोखराबाट आज पनि पर्यटक सवार २० वटा गाडी स्कर्टिङ गरिएको छ । 

पोखराबाट काठमाडौं र चितवनका लागि २० वटा पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यको लागि पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएका छन् । पर्यटक सवार १७ वटा गाडी काठमाडौं र तीनवटा चितवनतर्फ स्कर्टिङ गरिएको हो । 

यसैगरी मुक्तिनाथ दर्शन गरि फर्किएका तिर्थयात्री सहितको एउटा इभि भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौं पठाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो । ती सबारी साधनमा ६ सयभन्दा धेरै यात्रु सवार रहेका सशस्त्र प्रहरीले जानकारी दिएका छन् । 

यसअघि आइतबार र सोमबार पनि प्रहरीले पोखराबाट पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार