सोमवार, श्रावण २५ गते २०८३

विश्वकप लिग २ : नेपाल आज नेदरल्यान्डसँग भिड्दै

बुधवार , जेठ २२, २०८२

काठमाडौँ । आईसीसी विश्वकप लिग–२अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्डविरुद्ध खेल्दैछ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाली टोली सोही लयलाई कायम राख्ने योजनामा छ। 

नेदरल्यान्ड भने सिरिजमा पहिलो खेल खेल्न लागेको हो। नेदरल्यान्ड सुखद सुरुवातको योजनामा छ।  लिग २ सिरिजमा नेपाल र नेदरल्यान्ड सन् २०२४ को फेब्रुअरीपछि भेट्न लागेका हुन्। यसअघि नेपालको घरेलु मैदान कीर्तिपुरमा भएको सिरिजमा नेपालले नेदरल्यान्डलाई १ खेलमा पराजित गर्दा १ खेलमा हार भोगेको थियो। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार