मंगलवार, आश्विन १३ गते २०८३

के हो तालिबान ? यी हुन् अफगानिस्तानमा युद्ध सुरुवात गर्ने अमेरिकी राष्ट्रपति

यी हुन् तालिबानका शीर्ष ६ नेता

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं। अफगानिस्तानमा विद्रोह मच्चाएको तालिबान खासमा के हो, कसरी जन्म्यो? आममानिसलाई थाहा नहुनसक्छ। पाश्तो भाषामा तालिबानको अर्थ ‘विद्यार्थीहरू’ भन्ने हुन्छ।

तालिबानी जन्मकथा 
अफगानिस्तानमा १९७९ सोभियत कब्जापछि सोभियत सरकारका विरुद्ध विभिन्न समुहको जन्म भयो। अमेरिकी समर्थित मुजाहिदीनको कडा प्रतिकारका कारण १९८९ को सोभियत ‘विथड्रल’ हुनेहुने अवस्थामा सत्ता हातपार्न आन्तरिक तथा वाह्य शक्तिबीच हानथाप परेको अवस्थामा सीआईए (सेन्ट्रल इन्टेलिनेन्स एजेन्सी) र पाकिस्तानले जन्माएको शक्ति हो तालिबान।

यो उत्तरी पाकिस्तान अर्थात् पस्तुनीहरूको इलाकामा देखा पर्यो। पाकिस्तानले अफगानिस्तानका किशोर पस्तुनीलाई पाकिस्तानका पस्तुनी मदरसाहरूमा ल्याएर उग्र इस्लामिक शिक्षासँगै सैनिक तालिम दिएको हो।

पस्तु भाषामा तालिम अर्थात् विद्यार्थी शब्दबाटै बनेको हो तालिबान। अफगानिस्तानको वहुसंख्यक ‘ट्राइबु पस्तुन पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा पनि वहुसंख्यक नै छ। पस्तुनीहरू पाकिस्तानको दोस्रो ठूलो ट्राइब हुन्। पठान भनेको पनि पस्तुन नै हो। अफगानी भनेको पनि पस्तुनी नै हो। यसको मुजाहिदीनका मुल्ला ओमरले नेतृत्व गरेका थिए। 

सुरुमा अमेरिकी इशारामा साउदीले आर्थिक सहयोग गर्दा यी कडाखालका (हार्डलाइनर) सुन्नीहरू धार्मिक सम्मेलनमा मात्रै सीमित थिए। परन्तु यिनले १९९४ मा कन्दहर कब्जा गरे। (इन्डियन प्लेन हाइज्याक गरी लगिएको स्थान। साथै, महाभारतमा वर्णित शकुनीको राज्य) त्यसपछि विश्वको ध्यानआकर्षित गर्न सफल भयो। झन १९९६ मा त काबुल नै कब्जा गर्यो यसले।

१९९७ मा संयुक्त राज्य अमेरिकाकै चम्चाबाट जन्मेर उसैको दुश्मन बन्न पुगेको बिन लादेनसँगको घनिष्टता बढेपछि दृश्य बदलियो। १९९८ सम्ममा त पूरै अफगानिस्तानको शासन नियन्त्रणमा लियो। परन्तु यसको उग्र इस्लामिक रबैयाले गर्दा पुरानो सहयोगीकै कारण २००१ मा सत्ताबाट हट्नुपर्योि। इस्लामिक एमिरेट अफ अफगानिस्तान नामकरण गरिएको यसको सत्तालाई युएई, साउदी र पाकिस्तानले मात्र समर्थन गरका थिए। विश्वले त्यसलाई वहिष्कार गर्यो।

डाँकाहरूको निर्मूल गरेर व्यापारमा बृद्धि गराउनेजस्ता कार्यले गर्दा प्रारम्भमा तालिबानी जनताबीच ज्यादै लोकप्रिय भए। तर, उग्र सरिया लागु भएपछि भने जनआक्रोस बढ्दै गयो। महिला शिक्षा बन्द, टेलिभिजन, सिनेमा, संगीत सुन्न निषेध, दाह्री र बुर्का अरबमा झैँ अनिवार्य, पाइन्ट लगाउन नपाइनेजस्ता निषेधका साथै कुटेर मार्नेलगायतका अरबी शैलीका सजाय लागु भयो। १९९० को दशकमा कट्टपन्थी धार्मिक अभियान तालिबान शुरु भएको थियो । दक्षिण पश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोडिएको हेरात प्रान्त नियन्त्रणमा लिएको थियो ।

त्यसको एक वर्षमै राजधानी काबुल नियन्त्रणमा लियो र राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर शासन सत्ता हातमा लियो ।तर जब २००१ सेप्टेम्बर ११ मा अल कायदाले अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हवाई आक्रमण गर्‍यो । 

करिब तीन हजार मानिसको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले तालिबानको संरक्षणमा रहेका अल कायदा प्रमुख ओसामा बिन लादेनलाई बुझाउन भन्यो । तालिबानले लादेनको संलग्नता पुष्टि नभएको भन्दै बुझाउन अस्वीकार गर्‍यो । जवाफमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अफगानिस्तान युद्धको सुरुआत गरेका थिए ।

त्यो वर्षको डिसेम्बरमा आइपुग्दा तालिबानको सत्ता धरासायी भयो । तालिबान सत्तामा आएपछि अफगानिस्तानको नेतृत्व कसले गर्लारु यो समूहका प्रमुख नेता को हुन् तरु अहिले तालिबानलाई मुख्यगरी यी ६ नेताले हाँकिरहेका छन्।

हैबतुल्लाह अखुन्जादा
अखुन्जादा तालिबानका सर्वोच्च नेता हुन्।

मुल्लाह मोहम्मद याकुब
याकुब तालिबानका संस्थापक नेता मुल्लाह ओमरका छोरा हुन्।

सिराजुद्दिन हक्कानी
मुजाहिद्दिनका कमान्डर जलालुद्दिन हक्कानीका छोरा हुन् सिराजुद्दिन। उनी हक्कानी सञ्जालका नेता पनि हुन्।

मुल्लाह अब्दुल गानी बरादर
बरादर तालिबानका संस्थापकमध्ये एक हुन्। तालिबानको राजनीतिक नेतृत्व उनैले गर्छन्।

 शेर मोहम्मद अब्बास स्तानिकजाइ
अघिल्लो पटक तालिबान सत्तामा हुँदा स्तानिकजाइ उपमन्त्री थिए।

अब्दुल हकिम हक्कानी
तालिबानको वार्ता टोलीका प्रमुख हुन् हक्कानी। उनी धार्मिक विद्वानहरुको परिषद्का प्रमुख पनि हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार