आइतवार, श्रावण २४ गते २०८३

प्रबन्ध निर्देशक कार्की भन्छन्– ‘वेद फर यू’ कार्यक्रममा आएपछि विद्यार्थी सन्तुष्ट भएका छन् (तस्वीरसहित)

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको वेद इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले विद्यार्थीहरुका लागि ‘वेद फर यु’ कार्यक्रम सम्पन्न गरेको छ ।

download (7).jpg

कन्सल्टेन्सीले उच्च शिक्षा हासिल गर्न विदेश जान चाहनेहरूको लागि ‘वेद फर यु’ कार्यक्रम गरेको हो । केही दिनअघि भएको कार्यक्रममा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सम्बन्धित देशका दक्ष अनुभवी काउन्सलरहरुले काउन्सिलिङ गरेका थिए । दक्ष र अनुभवी काउन्सलरबाट काउन्सिलिङ लिन पाएकोमा विद्यार्थी पनि खुशी भएका थिए । नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रमबाट धेरै विद्यार्थीले लाभ लिएका छन् ।

download14 (2).jpg

‘वेद फर यु’ कार्यक्रममा दुई सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले बताएका छन् । कार्यक्रममा सहभागी विद्यार्थीहरूको हात खाली नहुने गरी चलचित्रको फ्री टिकट पनि वितरण गरिएको थियो ।कार्यक्रमलाई अझै आकर्षक बनाउन बिङ्गो गेम पनि खेलाइएको थियो । जसमा बिङ्गो हुने विजेतालाई बन्जी जम्पको फ्री टिकट उपलब्ध गराइएको थियो । अन्य विजेतालाई जिपलाईनको टिकट दिइएको थियो । ‘वेद फर यु’ कार्यक्रम आफ्ना लागि प्रभावकारी रहेको भन्दै विद्यार्थीले वेद कन्सल्टेन्सीको प्रशंसा गरेका थिए ।

download (2).jpg

‘वेद फर यु’ कार्यक्रममा सहभागी विद्यार्थी जनकराज थपलियाले वेद कन्सल्टेन्सीले आयोजना गरेको कार्यक्रम अर्थपूर्ण रहेको बताए । उनले यस प्रकारको कार्यक्रमबाट विद्यार्थीले कुन देशमा के कस्तो पढाई हुन्छ र त्यहाँ किन जाने भन्ने बुझिने भएकाले पनि कार्यक्रमको सान्दर्भिकता रहेको बताए । थपलियाले भने, ‘मैले वेदबाट नै अप्लाइ गरिरहेको छु, मेरो आफन्तहरू पनि वेदबाट नै अस्ट्रेलिया जानुभएको छ, त्यही विश्वासले नै मैले पनि वेदबाट नै अस्ट्रेलियाका लागि अप्लाइ गरेको छु, ।’ उनले यस कन्सल्टेन्सीलाई विश्वास गरेर अस्ट्रेलिया जानका लागि पक्रिया सुरु गरेको बताए । उनले वेद कन्सल्टेन्सीमा अनुभवी र दक्ष प्रशिक्षक रहेको भन्दै अन्य विद्यार्थीलाई पनि वेद नै रोज्न आग्रह गरेका छन् ।

download (4).jpg

‘वेद फर यु’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि कन्सल्टेन्सीका प्रबन्ध निर्देशक आशिक कार्कीले पनि खुसी व्यक्त गरे । उनले विद्यार्थीको उज्ज्वल भविष्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई राम्रो काउन्सिलिङ गर्नु नै आफ्नो प्रमुख दायित्व भएको बताए । कन्सल्टेन्सीले यसअघि ‘मास्टर्स युके, वेद फर युके’जस्ता कार्यक्रम पनि गरिसकेको छ ।

download (5).jpg

शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का कोषाध्यक्षसमेत रहेको प्रबन्ध निर्देशक कार्कीले वेदबाट अस्ट्रेलिया, युके, अमेरिका, नेदरल्याण्डलगायतका देशमा उच्च शिक्षाका लागि विद्यार्थी जाने गरेको बताए । उनले विद्यार्थी र अभिभावकलाई सही सल्लाह दिएर विद्यार्थीको भविष्य बनाउनु नै आफ्नो प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।

download (6).jpg

कन्सल्टेन्सीले सन् २०१० देखि विदेशमा उच्च शिक्षा आर्जन गर्न जाने विद्यार्थीहरूको लागि परामर्श दिँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार