आइतवार, आश्विन २५ गते २०८३

सांसद बास्कोटा भन्छन्, दुनियाँभरि मादल बज्दा समेत सरकार बिउँझिएन  

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । एमालेका सांसद गोकुल बास्कोटाले आफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे सरकार अझै अनविज्ञ रहेको भन्दै आक्रोस पोखेका छन् । उनले सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै अफगानमा कति नेपाली छन् भन्ने अहिलेसम्म सरकारलाई थाहा नभएको भन्दै परमादेशको सरकार दुनियाँभरि मादल बज्दा समेत नबिउँझिएको व्यंग्य गरे ।

उनले झण्डै दुई तिहाइको क्षमता भएको सरकार गैरजिम्मेवार भएको आरोप लगाए ।  उनले प्रतिबद्धता मात्रै भन्दा पनि नेपालीहरुलाई सकुशल फिर्ता ल्याउन माग गरे । सरकारले नेपालीहरु कहिले फर्कन्छन् भनेर आजै सदनमा जवाफ दिनुपर्ने माग समेत गरे । साथै उनले एमालेजस्तो देशभक्त र जनताप्रति उत्तरदायी भएको पार्टी अरु कुनै नभएको पनि दाबी गरे । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार