सोमवार, श्रावण २५ गते २०८३

आफुलाईं जति जवान ठान्नुहुन्छ, उत्तिनै जवान रहनुहुन्छ : अध्ययन 

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । हामी धेरै सेलीव्रेटीहरुलाई देख्छौँ उमेरले नेटो काटीसकेको हुन्छ । तर हेर्दा जवान  । उमेर धल्किँदै गएपनि उनिहरु जवान देखिनुमा उनिहरुको खानपान र जिवनशैली हो भन्ने अनुमान लगाउन सकिन्छ । तर हाम्रो सोँचले पनि उमेरमा प्रभावमा पार्ने कुरामा अध्ययन भइरहेको छ ।

साँच्चिकै हाम्रो सोँचले उमेरमा कस्तो प्रभाव पार्छ त ? खासगरी आफ्नो जिन्दगीले जति बर्ष गुजारेको छ, त्यो बदल्न सकिदैन । तर, के भनिन्छ भने जुन रफ्तारमा हाम्रो उमेर ढल्कदैछ, त्यस अनुसार महसुष गरिरहेका भने हुँदैनौ । कोही आफुलाई बुढ्यौलीतिर ढल्कदै गरेको ठान्छन् भने, कोही जवान ठान्छन् ।

अहिले वैज्ञानिकले यही मानसिकतामाथि अध्ययन गरीरहेका छन् । यस अध्ययनले केही घतलाग्दा कुरा सतहमा ल्याइदिएको छ । तपाईं आफुलाई जति उमेरको महसुष गर्नुहुन्छ, त्यसले तपाईंको उत्कृष्ट वा खराब प्रदर्शनमा गहिरो सम्बन्ध राख्छ । यससँग तपाईंको शरीरको पनि गहिरो नाता छ ।

अब वैज्ञानिक यो खोजमा जुटेका छन् कि, जुन उमेर तपार्ईं महसुष गरिरहनुभएको छ, के त्यसले तपाई बिराम हुने वा उत्कृष्ट काम गर्नेसँग कुनै नाता छ ? अमेरिकाको भर्जिनिया युनिभर्सिटीका ब्रायन नोसेक यस्तै एक वैज्ञानिक हुन । उनी भन्छन्, ‘मानिसले आफ्नो उमेर जति महसुष गर्छ, यसले उनको तमाम निर्णयलाई प्रभावित गर्छ । आफुलाई जति जवान वा पाको महसुष गर्छन्, त्यही हिसाबले जिन्दगीको निर्णय लिन्छन् ।’

उमेर महसुष गर्दाको प्रभाव यत्तिमै सकिदैन । तपाईं आफुलाई जति जवान महसुष गर्नुहुन्छ, त्यसको प्रभाव तपाईंका स्वास्थ्यमा पनि पर्छं । यहाँसम्म कि, तपाईंको मृत्युमा पनि यसको प्रभाव रहन्छ । तब, तपाईं खासमा त्यती नै बर्षको हुनुहुन्छ, जति तपाईं आफु महसुष गर्नुहुन्छ ।

अध्ययनबाट प्राप्त यति घतलाग्दो नतिजापछि अब वैज्ञानिक यो कुरा पत्ता लगाउन जुटेका छन् कि, त्यो कुन मनोवैज्ञानिक, सामाजिक र जैविक कारण हुन्छ, जसले मानिसलाई आफु जवान वा पाको भएको अनुभूत गराउँछ ?
यो जनकारी जुटाएर हामी लामो उमेरसम्म स्वस्थ्य रहने एक अर्को उपाय खोज्न सक्नेछौं ।

त्यसो त उमेरका सम्बन्धमा गरिएको यो अध्ययन नयाँ भने होइन । सन् १९७० देखि १९८० को दशक बीच केही यस्ता छुटपुट अध्ययन भएको थियो । तर, पछिल्लो दश बर्षदेखि यसको प्रयास थप जोडदार भयो । पछिल्लो पटक भएको अध्ययनबाट कुन किसिमको उमेरका लागि हाम्रो सोचले, हाम्रो व्यक्तित्वमा असर पार्छ भन्ने खुलासा भएको छ । सबैलाई थाहा छ कि, उमेर ढल्कदै गएपछि मानिसहरु शान्त हुँदै जान्छन् । नयाँ प्रयोग गर्नबाट बच्छन् ।

जबकी युवाहरु जोखिम लिनका लागि बढी उत्सुक हुन्छन् । नयाँ प्रयोगका लागि बढी उत्साहित हुन्छन् । तर, उमेर महसुष गर्ने सम्बन्धमा भएको अध्ययनले भन्छ कि, जो व्यक्ति स्वंयमलाई जवान ठान्छन्, उनीहरु पनि बढ्दो उमेरसँग इमान्दर हुँदै जान्छन् । आफ्नो मनलाई कावुमा राख्न सक्छन् । यो गुण उमेर बढ्दै गएपछि स्वत आउँछ । जति–जति उमेर ढल्कदै जान्छ, मानिसहरु उत्तिनै शान्त हुँदै जान्छन् ।

तर जो मानिस मनबाट जवान रहन्छन्, उसमा कच्चापन रहिरहन्छ भन्ने चाँही होइन । यद्यपी बढ्दो उमेरसँगै आफुलाई जवान महसुष गर्ने व्यक्तिलाई डिप्रेशनको भय हुँदैन । उसको मस्तिष्कको प्रतिरक्षा क्षमता बलियो हुन्छ । उनीहरु विर्सने समस्याबाट ग्रसित हुँदैनन् । रोगले कम च्याप्छ ।

फ्रान्सको मोन्टपेलियर युनिभर्सिटीको यान्निक स्टिफेनले १७ हजारभन्दा बढी मध्य उमेर र बृद्धमाथि यो अध्ययन गरेका थिए । यसमध्ये धेरैजसोले आफ्नो खुद उमेरभन्दा आठ बर्ष कम उमेरको महसुष गरेको पाइएको थियो । तर, कतिपय मानिस यस्ता पनि थिए, जो आफ्नो उमेरभन्दा आफुलाई बढी पाको ठान्ने गर्थे । उनीहरुमा गंभिर चिन्ता थियो । आफ्नो असली उमेरभन्दा आठ–दश बर्ष बढी महसुष गर्नेको मर्नेको आशंका १८–२५ प्रतिशत बढी देखिएको छ ।

यस क्रममा उनीहरुलाई विराम हुने आशंका पनि अरुको तुलनाबा उच्च हुन्छ । हामी स्वय्मलाई जति उमेरको महसुष गर्छौं, त्यस हिसाबले हामी स्वस्थ्य हुनु केही कारण हुन्छन् । सबैभन्दा ठूलो कारण त यो हो कि, बढ्दो उमेरसँगै मानिसमा बढ्यौली आउँछ । तर, जो व्यक्ति स्वयम्लाई जवान ठान्छन्, उनीहरु जवानीमा जस्तै घुमफिर गर्ने, खाने, रमाइलो गर्ने, हाँसीमजाक गर्ने सोच्छन् । यसले उनीहरुको स्वास्थमा राम्रो प्रभाव पार्छ ।

यदि मानिस डिप्रेसनमा छन्, दिमाग तगडा छैन, कुनैपनि कुरा राम्ररी सम्झन सक्दैन, आफुलाई बुढो हुँदै गएको ठान्छ । यदि यस्तो ठान्छन् भने उनीहरुको स्वास्थमा निकै खराब असर परिरहेको हुन्छ । आफ्नो वास्तविक उमेरभन्दा पनि बुढो ठान्नेहरु वास्तवमै बुढो हुँदै जान्छन् र उनीहरुलाई अनेक किसिमको रोगले च्याप्दै लान्छ । समग्रमा भन्नुपर्दा, तपाईंको उमेर जतिसुकै होस् । त्यसले केही फरक पार्नेवाला छैन । तर, तपाईंको सोंचले गहिरो फरक पार्छ ।

तपाईं आफुलाईं जति जवान ठान्नुहुन्छ, वास्तवमा उत्तिनै जवान रहनुहुन्छ । बुढो ठान्नुहुन्छ भने निश्चय पनि बुढ्यौलीले गाँज्नेछ । अब मनोवैज्ञािनक यो कुरा पत्ता लगाउनमा जुटेका छन् कि, हामी जुन उमेर महसुष गर्छौं, त्यसको पछाडि के कारण छ ? भर्जिनिया युनिभर्सिटीका ब्रायन नोसेक र निकोल लिन्डनरले असली उमेर र महसुष हुने उमेरको अन्तर सम्झने प्रयास गरेका छन् ।

वैज्ञानिकहरुले जसले आफुलाई वास्तविक उमेरभन्दा कम उमेरको ठान्छन्, उनीहरु आफ्नो सुरक्षा गर्ने र बढ्दो उमेरको ठान्नेहरुमा केही नकारात्मक विचार हुने निष्कर्ष निकालेका छन् ।

बिबिसी

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार