सोमवार, श्रावण २५ गते २०८३

सोमबार थपिए ३४५१ संक्रमित, ३५ जनाको मृत्यु

सोमवार , श्रावण ३२, २०७८

काठमाडौं । सोमबार ३ हजार ४ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ६ सय ११ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । कोरोना संक्रमणबाट सोमबार थप ३५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार तीन सय २७ जना पुगेको मन्त्रालयको तथ्याङ्क छ ।
त्यस्तै सोही अवधीमा २ हजार ४ सय ५८ जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् । यसैविच सोमबार काठमाडौं उपत्यकामा ९ सय ६१ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ६ सय ७७, भक्तपुरमा एक सय १७ र ललितपुरमा एक सय ६७ जना थपिएका हुन् ।   

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार