काठमाडौं । वीरगंजको नारायणी अस्पतालमा अख्तियारले छापा मारेको छ । अस्पतालको फार्मेसीमा एक करोड २० लाख बढीको औषधि खरिदमा रकम हिनामिना गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले छापा पारेको हो ।
फार्मेसीमा करोडौं भ्रष्टाचार भएको अख्तियारमा उजुरी परेको छ । अस्पतालमा छापा मारेको आयोगको टोलीले फार्मेसीको स्टक, म्याद गुज्रेका औषधिको विवरण र खरिद् तथा बिक्री सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको जनाइएको छ ।