दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ। सिरिज अन्तर्गत नेपाल र स्कटल्यान्डले अन्तिम खेल शुक्रबार खेल्नेछन्। समान दुई अंक भए पनि तालिकामा रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र नेपाल तेस्रो स्थानमा छन्।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टिमका नियमित खेलाडी सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते हुँदा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमद जस्ता नयाँ खेलाडीले अवसर पाइरहेका छन्। यो सिरिजका दुई खेलमा आशिफ र आरिफ शेख दाजुभाइसँगै भीम सार्कीलाई समेत बेन्चमा राखिएको छ।
तीन टोलीबिच लिग–२ को सिरिजपछि टी–२० सिरिज भएको हो। लिग–२ को एक दिवसीय सिरिजमा नेपालले चार खेलमा तीन जित निकालेको थियो।